बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यूट्युवमा एक अर्बले हेरेका भिडियोहरुको सङ्ख्या सय पुग्यो

मङ्गलबार, १५ फागुन २०७४, ११ : ००
मङ्गलबार, १५ फागुन २०७४

अघिल्लो हप्ता दुअ लीपाको ‘न्यू रुल्स’ भिडियो यू ट्युवमा एक अर्ब दर्शक पाउने पछिल्लो भिडियो बन्यो । यी बेलायती गायिका पहिलो पटक यो समूहमा पर्दा उनको लागि उत्सबको विषय बन्यो । उनको पछिल्लो सफलता उनले अन्तराष्ट्रिय पप ‘स्टार’को रुपमा आफूलाई कति विकास गरिन् भन्ने उदाहरण त हो नै साथै यो भिडियो प्लाटफार्मले गरेको लामो यात्राको पनि प्रमाण हो ।

‘न्यु रुल्स’ यू टयुवमा ‘अर्ब अबलोकन क्लब’मा प्रवेश गर्ने सयौं भिडियो पनि हो । सायद यो भिडियोपछि कम्तिमा एक वा दुई भिडियोले यसमा प्रवेश गरेका छन् । छिट्टै यो सङ्ख्या १५० र २०० हुनसक्छ ।

पी.एस.वाई.को ‘ग्याङ्नम स्टाइल’ले सन् २०१२ डिसेम्बरमा पहिलो पटक यू ट्युवमा एक अर्ब पटक अबलोकन पार गरेको थियो । यो भिडियो यू ट्युवमा अपलोड गरिए लगतै भाइरल भएको थियो र यसले केही महिनामै सो सङ्ख्याको अबलोकन पायोे । त्यो समय सो सङ्ख्यामा अबलोकन गरिनु ठूलो चर्चाको विषय भएको थियो । उनी र उनको लम्फू खालको भिडियो क्लिपलाई यो वेबसाइटको विजेताको रुपमा मात्र होइन बरु यसले यू ट्युवलाई संगीतको भविष्यको रुपमा प्रस्तुत ग¥यो ।

आजकल एक अर्ब अबलोकनले पहिले जस्तो अर्थ राख्न छाडेको छ । संगीत उद्योगका ठूला नामहरुले ल्याउने नयाँ गीतहरुले सो सङ्ख्या पार गर्ने अनुमान लगाइन्छ । यथार्थमा अधिकांश अर्ब अवलोकन गरिएका गीतहरु ‘ग्याङ्गनम स्टाइल’ले सो सङ्ख्या पार गरेपछि बजारमा आएका गीतहरु रहेका छन् । यो क्लबमा प्रवेश गर्ने अधिकाश गीतहरु वितग केही वर्ष यताका अत्यधिक चर्चित गीतहरु रहेका छन् । अघिल्लो वर्षका ३ ठूला हिट गीतहरु मध्य २ गीतसो लिस्टमा परेका छन् ।

अस्तित्वमा लामो समयदेखि रहेका र आम दर्शकमाझ अत्यन्त लोकप्रिय रहेका पूराना भिडियोहरु भने यू ट्युवमा त्यति धेरै हेरिएका छ्रैनन् । विगतमा हिटहरु अझै पनि लाखौंको सङ्ख्यामा मात्र हेरिएका छन् । इतिहासकै सबैभन्दा चर्चित भनिएका हिट गीतहरुले पनि केही वर्ष अघि मात्र सार्वजनिक भएका गीतहरुको नजिक पनि पुग्न सकेका छैनन् ।

आजको दिनमा यू ट्युव विश्वभरका लाखौं मान्छेले आफूलाई मन परेको गीतसुन्न जाने प्लाटफर्म हो । यो विगतका सम्पूर्ण गीतहरु सङ्ग्रह गर्ने उत्कृष्ट स्थलको रुपमा विकसित भएको छ । तर गीतले कति राम्रो दर्शक पाए भनेर चाहीँ ति कति नयाँ हुन त्यसले निर्धारण गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप