आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओडारमा राखिएको दुई थान भरुवा बन्दुक बरामद

आइतबार, २१ फागुन २०७९, १२ : ३७
आइतबार, २१ फागुन २०७९

रुकुम । रुकुम(पूर्व) मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ  प्रहरीले बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप