सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक
सोमबार, २२ फागुन २०७९, ११ : ३६

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ÷संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ ।
चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री
-
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा
-
किन तितो हुन्छ औषधि ?