श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा
बुधबार, २४ फागुन २०७९, १७ : ३९
कोलम्बो । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनका लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।
क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको छ । प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।
श्रीलङ्काले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ, र स्थगित स्थानीय चुनावहरु २०२२ मा हुने तालिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण