विमानभित्र यात्रीको वितण्डा : ढोका खोल्न लाग्दा हात–खुट्टा बाँधियो, पछि दिइयो इन्जेक्सन
भारतीय मूलका एक अमेरिकी नागरिकले एयर इन्डियाको विमानमा उत्पात मच्चाएका छन् । करुणाकान्त द्विवेदी नामका यी व्यक्तिलाई मुम्बईको प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाकी चालक दलकी वरिष्ठ सदस्य शिल्पा मिश्राले द्विवेदीविरुद्ध जुन एफआईआर दर्ता गराएकी छिन् त्यसको आरोप निकै गम्भीर छ । शिल्पाका अनुसार एयर इन्डियाको एआई १३० विमानले १० मार्चमा लन्डनको समयानुसार राती साढे ९ बजे मुम्बईका लागि उडान भर्यो तर केही बेरमा शौचालयबाट धुवाँ आएका कारण अलार्म बज्न थाल्यो ।
विमानमा चुरोट पिउन थाले
भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले चालक दलका अन्य सदस्यमार्फत शौचालयको ढोका खोल्दा द्विवेदी नामका यात्री चुरोट पिइरहेका थिए । द्विवेदीलाई यस्तो गर्न रोक लगाइयो र यसबारे पाइलटलाई पनि जानकारी दिइयो । सबैले आरोपीलाई सम्झाउन थाले तर उनले चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । चालक दलका सदस्यले उनको चुरोट र लाइटर लिए र उनलाई सिटमा राखिदिए ।
सहयात्रीमाथि कुटपिट
मामिला यतिमा मात्रै सीमित भएन । द्विवेदी केही बेरपछि अचानक उठे र विमानको ढोका खोल्न कोसिस गरे । एक यात्रीले उनलाई रोक्ने कोसिस गर्दा द्विवेदीले उनलाई कुटपिट गर्न थाले । उनीमाथि मुक्का, लात्ती बर्साउन थाले । उनको यस्तो व्यवहारले सबै यात्री हैरान भएको स्रोतले बताएको छ ।
इन्जेक्सन लगाएर बेहोस पारियो
चालक दलका सदस्य पनि उनको व्यवहारले हैरान भए । उनीहरुले अन्य यात्रीसँग मिलेर द्विवेदीलाई समाते र उनको हात–खुट्टा बाँधेर सिटमा बसालिदिए । तरपनि द्विवेदीले उडिरहेको विमानमा हात खुट्टाले हान्न थाले । यस्तोमा विमानमा भएका चालक दलका एक सदस्य, जो डाक्टर थिए, उनीमार्फत द्विवेदीलाई बेहोस हुने इन्जेक्सन दिइयो । ११ मार्चमा विमान मुम्बई विमानस्थल पुगेपछि चालक दलका सदस्य र सुरक्षाकर्मीले द्विवेदीलाई सहार विमानस्थल लगे । त्यहाँ उनीमाथि एफआईआर दर्ता भयो र प्रहरीले उनलाई पक्राउ गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण