मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विमानभित्र यात्रीको वितण्डा : ढोका खोल्न लाग्दा हात–खुट्टा बाँधियो, पछि दिइयो इन्जेक्सन

आइतबार, २८ फागुन २०७९, १३ : ५०
आइतबार, २८ फागुन २०७९

भारतीय मूलका एक अमेरिकी नागरिकले एयर इन्डियाको विमानमा उत्पात मच्चाएका छन् । करुणाकान्त द्विवेदी नामका यी व्यक्तिलाई मुम्बईको प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाकी चालक दलकी वरिष्ठ सदस्य शिल्पा मिश्राले द्विवेदीविरुद्ध जुन एफआईआर दर्ता गराएकी छिन् त्यसको आरोप निकै गम्भीर छ । शिल्पाका अनुसार एयर इन्डियाको एआई १३० विमानले १० मार्चमा लन्डनको समयानुसार राती साढे ९ बजे मुम्बईका लागि उडान भर्‍यो तर केही बेरमा शौचालयबाट धुवाँ आएका कारण अलार्म बज्न थाल्यो । 

विमानमा चुरोट पिउन थाले

भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले चालक दलका अन्य सदस्यमार्फत शौचालयको ढोका खोल्दा द्विवेदी नामका यात्री चुरोट पिइरहेका थिए । द्विवेदीलाई यस्तो गर्न रोक लगाइयो र यसबारे पाइलटलाई पनि जानकारी दिइयो । सबैले आरोपीलाई सम्झाउन थाले तर उनले चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । चालक दलका सदस्यले उनको चुरोट र लाइटर लिए र उनलाई सिटमा राखिदिए । 

सहयात्रीमाथि कुटपिट

मामिला यतिमा मात्रै सीमित भएन । द्विवेदी केही बेरपछि अचानक उठे र विमानको ढोका खोल्न कोसिस गरे । एक यात्रीले उनलाई रोक्ने कोसिस गर्दा द्विवेदीले उनलाई कुटपिट गर्न थाले । उनीमाथि मुक्का, लात्ती बर्साउन थाले । उनको यस्तो व्यवहारले सबै यात्री हैरान भएको स्रोतले बताएको छ ।

इन्जेक्सन लगाएर बेहोस पारियो

चालक दलका सदस्य पनि उनको व्यवहारले हैरान भए । उनीहरुले अन्य यात्रीसँग मिलेर द्विवेदीलाई समाते र उनको हात–खुट्टा बाँधेर सिटमा बसालिदिए । तरपनि द्विवेदीले उडिरहेको विमानमा हात खुट्टाले हान्न थाले । यस्तोमा विमानमा भएका चालक दलका एक सदस्य, जो डाक्टर थिए, उनीमार्फत द्विवेदीलाई बेहोस हुने इन्जेक्सन दिइयो । ११ मार्चमा विमान मुम्बई विमानस्थल पुगेपछि चालक दलका सदस्य र सुरक्षाकर्मीले द्विवेदीलाई सहार विमानस्थल लगे । त्यहाँ उनीमाथि एफआईआर दर्ता भयो र प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप