शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले मधेश प्रदेशका लागि के के गर्‍यो निर्णय ?

आइतबार, २८ फागुन २०७९, २३ : २४
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनदेखि जारी मधेस प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले एक महिने संगठन सुद्धिढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । अभियानको क्रममा १३६ स्थानीय तह अन्तर्गतका एक हजार २७१ वडासम्मको बैठक सम्पन्न गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, आम नागरिकका जनचासोको विषयमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

बैठकले महङ्गी, भ्रष्टाचार, मिटरब्याजी, लघुवित्त, सहकारी लगायतका चर्को ब्याज, चुरे संरक्षण लगायतको बिषयमा जागरण, अन्तरक्रिया, छलफल बहस एवम् दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको नेता शर्माले बताए । यो अभियान केन्द्रीय प्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने बताइएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको बैठकमा पार्टीका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव  गुरूङ, उपमहासचिव गिरिराजमणि पोख्रेल, सचिव तथा मधेस प्रदेशका इन्चार्ज गणेश साह, स्थाई समिति सदस्यहरु बिश्वनाथ साह, प्रहल्लाद बुढाथोकीसहित केन्द्रीय सदस्यहरु, बैकल्पिक केन्द्रीय सदस्यहरु केन्द्रीय सल्लाहकार, केन्द्रीय अनुशासन आयोग, ज्येष्ठ कम्युनिस्ट मन्च, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोगका पदाधिकारी एवम् सदस्यहरूको उपस्थित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप