३०० करोडका मालिक हुन् कपिल शर्मा ? भन्छन् – मसँग घर छ, गाडी छ....
भारतीय हास्य कलाकार कपिल शर्मा मनोरञ्जन जगतको निकै चर्चित नाम हो । उनी ‘द कपिल शर्मा शो’ को एउटा मात्रै शोको पनि लाखौँ पारिश्रमिक लिन्छन् ।
केही समय भित्रै कपिल शर्मा सबैभन्दा बढी कमाउने कलाकारमा समावेश भएका छन् । त्यसो भए के कपिल शर्माले अहिलेसम्म ३०० करोड कमाइसकेका छन् ?
एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा उनलाई उनको कुल सम्पत्तिबारे प्रश्न सोधिएको थियो । यसबारे उनले के जवाफ दिए त ?
कपिललाई सोधियो, ‘तपाईँले ३०० करोड कमाइसक्नुभएको छ । महँगो कलाकारमा समावेश हुनुहुन्छ । अब तपाईँलाई अरू के नै चाहिन्छ र ?’
यो प्रश्न सुनेर कपिल शर्मा सबैभन्दा पहिला त ३०० करोडको कुल सम्पत्तिमा चकित हुन्छन् र त्यसपछि भन्छन्, ‘मैले गुमाएको पनि त धेरै छु नि ।’
कपिलले भने, ‘मसँग के आइरहेको छ र के छैन भन्ने कुराले मलाई खासै फरक पार्दैन । म सोच्छु कि मसँग घर छ , गाडी छ, राम्रो छ ।’
‘मेरो सोच अहिले पनि तलब आउने मान्छेको जस्तै छ । म आफ्नो लागि महँगो कुरा किन्दिनँ । मेरी श्रीमतीले ल्याउँछिन् भने छुट्टै कुरा हो । त्यो किनभने उनी पहिला देखि नै राम्रो परिवारकी थिइन् । तर म त्यस्तो होइन ।’
उनले थपे, ‘यदि पैसा आइरहेको छ भने त्यो अस्वीकार पनि गर्दिनँ । त्यो नै रोजी रोटी हो, लिनु पर्छ नै ।’
उनले हाँस्दै भने, ‘निःशुल्क काम गर्नका लागि म कुनै सन्त व्यक्ति होइन । म त अझै महँगो होऊँ भन्ने चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण