न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत
वेलिङ्टन । यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् । प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत बिहीबार रुवाण्डाको राजधानी किगालीमा खेल प्रायोजनको अनुमति साउदीलाई नदिने घोषणा गरेका थिए ।
साउदी अरबमा महिलालाई मानवोचित व्यवहार नगरिएको,उनीहरूलाई आधारभूत मानवाधिकारबाट वञ्चित गरिएकोलगायत त्यहाँका महिलाको स्थिति दयनीय भएकाले उक्त देशलाई महिला विश्वकपको प्रायोजना गर्ने अनुमति प्रदान नगर्न दुवै देशले फिफालाई लिखित अनुरोध गरेका थिए ।
आगामी जुलाईमा न्युजिल्यान्ड र अष्ट्रेलियाले पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन् । उक्त प्रतियोगितामा ३२ देशबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण