आजदेखि कांग्रेस सत्ता पक्षको बेन्चमा बस्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । पुस २५ गतेबाट सुरु भएको संसद अधिवेशनमा यसअघि कांग्रेस प्रमुख प्रतिपक्षीको बेन्चमा बसेको थियो । संघीय संसद भवनको ल्होत्से हलमा आइतबार विहान बसेको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने कांग्रेस संसदीय दलको प्रमुख सचेत रमेश लेखकले बताए । कांग्रेस प्रमुख सचेत लेखकलेले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षको बेन्चमा बस्ने बताए ।
यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो । सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।
राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिताए बोलाएर एमालेले समर्थन पनि फिर्ता लिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण