शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निलकुमार थारु विजयी

सोमबार, ०६ चैत २०७९, ०९ : २८
सोमबार, ०६ चैत २०७९

बुटवल । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीको स्ववियु सभापतिमा  नेविसंघका निल कुमार थारु विजयी भएका छन्। उनले अनेरास्वविका  उम्मेदवार अंजित खनाललाई पराजित  गर्दै विजयी भएका हुन् । 

निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् ।  खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत)को समर्थन थियो । थारू नेविसंघ वाट एक्लै मैदानमा गएका  थिए ।

सचिवमा  अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् । सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् । नेविसंघबाट सुदन पोख्रेल निर्वाचित भएका छन् । ०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप