शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ५ वटा क्याम्पसको मत परिणाम सार्वजनिक

सोमबार, ०६ चैत २०७९, ११ : ३१
सोमबार, ०६ चैत २०७९

बुटवल । रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये ५ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ। यहाँ ३ वटामा नेविसंघ विजयी भएको छ भने २ वटामा अनेरास्ववियुको नेतृत्व विजयी भएको छ । बुटवल बहुमुखी क्याम्पसको नतिजा आउन बाँकी रहेको छ।

बुटवल बहुमुखी क्याम्पस क्याम्पसमा १ हजार मत गन्न बाँकी रहँदा अनेरास्ववियु अगाडि देखिएको छ। पछिल्लो मतपरिमाण अनुसार  लिलाराम घिमिरे छपिया जनता कलेजको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अभिषेककुमार यादव विजयी भएका छन् भने यज्ञोदय दुधनाथ क्याम्पसको स्ववियु सभापतिमा महेश चौधरी विजयी भएका छन्।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसंघकै मनोज बेलबासे विजयी भएका छन्।  त्यस्तै देवदह आदर्श क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी भएको छ भने हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी भएका छन्।

हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलले चुनाव लडेको थियो । रुपन्देहीका ६ वटा क्याम्पसमा भने आन्तरिक विवादले निर्वाचन रोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप