आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी, ३० मिनेटसम्म पानीमा डुब्दा पनि नबिग्रने

बिहीबार, १६ चैत २०७९, १२ : ०१
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । सामसङले दुई नयाँ आकर्षक फोन बजारमा ल्याएको छ । कम्पनीले  ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी लाई बजारमा ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कम्पनीका अनुसार लोकप्रिय ए –सिरिजका २ फोनमा अद्भुत क्यामराका साथै विभिन्न विशेषताहरू रहेका छन् ।  

‘हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ । यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरू रहेका छन्, जसले ग्राहकहरूलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ । यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्म आइपि६७ रेटिङ्ग र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरुको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकरुका साथ टिकी रहन सक्नेछ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

यी फोनमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रङ्गहरु कालो, हरियो  र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जि पनि कालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका रहेको कम्पनीको भनाइ छ ।  जसको लागि यसले आइपि६७ रेटिङ्ग पाएको जनाइएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । 

पछिल्लो ए–सिरिज लन्चको, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्ट लाई ६०,००० रुपैयाँमा प्रस्तुत गरेको छ ।  जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई सङ्केत गर्दछ। दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको  ८ जीवी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई रु ५६, ९९९ रुपैयाँ पर्छ भने ८ जीवी र्‍याम र २५६ जीवी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य रु ५९,९९९ रुपैयाँ तोकिएको छ । 

यस्तै ए३४ ५जिको ८ जीवी र्‍याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोको मूल्य रु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप