सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा दुई महिलालाई टाउको नछोपेको भन्दै पक्राउ गरियो, फ्याँकियो दही

आइतबार, १९ चैत २०७९, ०८ : ३२
आइतबार, १९ चैत २०७९

इरानमा दुई महिलालाई दही फ्याँकिएपछि उनीहरूलाई पक्राउ गरिएको छ । महिलाको कपाल नढाकेका कारण यो पक्राउ परेको अनुमान गरिएको छ ।

यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् र केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा खन्याउँछन् ।

इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ, जुन इरानमा गैर कानुनी छ ।

त्यसै गरी सार्वजनिक स्थानमा हडताल गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

इरानमा यो गिरफ्तारी देशमा महिनौँसम्म चलेको हिजाब विरोधी प्रदर्शन पनि भएको हो । 

iranइरानको न्यायपालिकाले यस मामिलामा पसलका मालिकलाई पनि कानुनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ ।

इरानमा महिलालाई हिजाब नलगाई बाहिर निस्कनु गैर कानुनी मानिन्छ । तर, कतिपय ठुला सहरहरूमा यो नियमको बाबजुद पनि महिलाहरू हिजाब नलगाई घुमिरहेको देख्न सकिन्छ । 

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठुलो मात्रामा प्रदर्शन भएको थियो । महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको छ ।

हालसम्म हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप