कांग्रेसले भन्यो–रामपुर क्याम्पसमा नेविसंघ कार्यकर्ता कुटिए, घटनाको छानबिन होस्
काठमाडौँ । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका हुन्।
रामपुर क्याम्पसमा नेविसंघको बहिस्कारका बीच गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो।
‘नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका का।वा। सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको दाबी छ ।
उक्त घटनाको यथार्थ छानबिनका साथै स्ववियु चुनाव रद्द गरी पुनः निर्वाचन गराउन कांग्रेसले माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण