इरान : महिलाको हिजाबमाथि निगरानी राख्न क्यामेरा जडान
आइतबार, २६ चैत २०७९, ०९ : ३६
इरानमा हिजाब लगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।
प्रहरीले यसबारे घोषणा गर्दै कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मेसेजमार्फत चेतावनी दिने जानकारी दिए ।
प्रहरीले यसमार्फत हिजाब कानुनविरुद्ध विरोधलाई रोक्न मद्दत मिल्ने बताएको छ ।
अघिल्लो वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा इरानमा हिजाबविरुद्ध प्रदर्शन सुरु भएको थियो । त्यसपछि यस्तो निर्णय लिइएको हो । महसा अमिनीलाई हिजाब नलगाएका कारण पक्राउ गरिएको थियो ।
त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो ।
सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कानुनलाई कडाइका साथ लागू गरियो र यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गरिएको थियो । हिजाब नलगाउँदा महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण