बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडमा थपियो शोक, अभिनेत्री नरगिस रबाडीको निधन

मङ्गलबार, २२ फागुन २०७४, १४ : २४
मङ्गलबार, २२ फागुन २०७४

मुम्बई – अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै    बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको छ । अभिनेत्री नरगिस रबाडीको निधन भएको हो । 

‘देश भाइ देख’ जस्ता केही चर्चित सोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९बर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद की तो निकल पडी’मा देखिएकी थिइन् । 

अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख ब्यक्त गरेका छन् । ‘शम्मी आन्टी एकदमै राम्रो अभिनेत्री थिइन्’ बच्चनले अगाडि लेखेका छन् ‘बलिउडमा उनले ठुलो योगदान गरेर बिदा भइन् ।’

नरगिस केही बर्ष देखि बिमारी समेत रहेकी थिइन् । नरगिसले २०० बढी चलचित्र, सिरियल र रियालटी सोमा समेत काम गरेकी छन् । ‘मल्हार’ चलचित्रमा शम्मी आन्टीको भुमिका निर्बाह गरेपछि बलिउडमा उनलाई यो नामले बोलाउन थालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप