इजरायलद्वारा जोर्डनका सांसद पक्राउ, हतियार तस्करीको आरोप
सोमबार, ११ वैशाख २०८०, ११ : ४४
इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्याएको आरोप लगाएको छ । उनलाई पक्राउ गरिएको छ ।
सोसल मिडियामा प्रसारित भइरहेका रिपोर्ट अनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारे ।
यी हतियार र सुन एउटा कारमा भेटिएको समाचारमा उल्लेख छ । यो कार जोर्डनका सांसदको थियो ।
सांसद हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको समाचारमा उल्लेख छ ।
उता, जोर्डनका अर्का सांसद आन्द्रे हवारीले आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण