इजरायलद्वारा जोर्डनका सांसद पक्राउ, हतियार तस्करीको आरोप
सोमबार, ११ वैशाख २०८०, ११ : ४४

इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्याएको आरोप लगाएको छ । उनलाई पक्राउ गरिएको छ ।
सोसल मिडियामा प्रसारित भइरहेका रिपोर्ट अनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारे ।
यी हतियार र सुन एउटा कारमा भेटिएको समाचारमा उल्लेख छ । यो कार जोर्डनका सांसदको थियो ।
सांसद हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको समाचारमा उल्लेख छ ।
उता, जोर्डनका अर्का सांसद आन्द्रे हवारीले आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर