नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।
यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण