शिक्षण पेसा छोडेर राजनीतिमा हिँडेका लिम्बु बने खेलकुदमन्त्री
विराटनगर । मोरङ लेटाङ –४ गुवाबारीका स्थायी बासिन्दा डिकबहादुर लिम्बुको शैक्षिक योग्यता एलएलबीसम्मको मात्रै छ । बुबा प्रेमबहादुर लिम्बु र आमा गंगामाया लिम्बुको कोखबाट उनको जन्म वि.सं. २०२० भदौ २२ गते भएको थियो ।
गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट २७ हजार २९७ मत ल्याएर निर्वाचित उनी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडाले उनै लिम्बुलाई पराजित गरेका थिए । यस पटक भने लिम्बु माओवादी केन्द्रको सहयोगमा विजयी बनेका हुन् ।
२०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका लिम्बु त्यसबेला पनि खतिवडाका प्रतिस्पर्धी थिए ।
२०६४ सालको निर्वाचनमा माओवादी उम्मेदवार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बु भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने संविधानसभा सदस्य बन्न सफल भए । त्यसबेला लिम्बुले तत्कालीन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।
लिम्बु २०३९ सालदेखि शिक्षण पेसामा लागेका थिए । उनी त्यसबेला शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएको भए पनि लिम्बुले २०४९ सालदेखि शिक्षकको स्थायी जागिर छाडेर राजनीतिमा पूर्णकालीन भएका हुन् । सैद्धान्तिक विषयमा बहस गर्न रुचाउने लिम्बु सादगी र स्वच्छ छविका नेता मानिन्छन् । मोरङ काँग्रेसको सभापतिसमेत रहेका उनको यो कार्यकाल दोस्रो हो । राष्ट्रपतिबाट आजै युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका लिम्बुको भोलि शपथग्रहण हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण