‘हल्का रमाइलो’ मा फेरि फर्किए ‘इकु’
काठमाडौँ । सानोपर्दामा दर्शकले मन पराएको पात्र हो ‘इकु’ । हास्यश्रृंखला ‘हल्का रमाइलो’मार्फत ‘इकु’ पात्रका रुपमा सुलेमान शंकरको फेरि प्रवेश भएको हो ।
‘इकु’ पात्र मार्फत सानोपर्दाका दर्शकलाई फेरि एकपटक मनोरञ्जन दिलाउन ‘हल्का रमाइलो’मा इकुको भूमिका निर्वाह थालेको कलाकार सुलेमान शंकरले बताए ।
‘हल्का रमाइलो’ का निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ले दर्शकका लागि एक पटक फेरि ‘इकु’ सानोपर्दामा फर्काउन अनुरोध गर्नुभयो’, सुलेमानले भने, ‘मैले पनि राम्रो हुने देखेर अभिनय थाले ।’
‘हल्का रमाइलो’मा इकु पहिले झै केही भाग जंगलमा देखिने र केही भागपछि गाउँ बस्तीमा देखिने सुलेमानले सुनाए । उनले भने ‘धेरै पछि दर्शकले इकु सानोपर्दामा भेटेकोले होला एकदमै रुचाउनु भएको छ । प्रतिक्रिया पनि राम्रो पाएको छु ।’
तीन वर्ष अगाडि पनि सुलेमानले यो सिरियलको केही भागमा ‘इकु’को भूमिका निर्वाह गरेका थिए । करिब एक दशक अगाडि ‘मेरी बास्सै’ पहिलो पटक ‘इकु’को भूमिका निर्वाह गरेर चर्चा कर्माएका सुलेमानले ‘इकु’ पात्रलाई लिएर तीन फिल्म समेत निर्माण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण