शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा फेरि भूकम्पको धक्का

शनिबार, २३ वैशाख २०८०, १८ : ०६
शनिबार, २३ वैशाख २०८०

 बाजुरा । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप