नेपालमा भिभो भी२७ सिरिजको प्रि–बुकिङ खुला
काठमाडौँ । भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरू वैशाख २५ देखि ३१ गतेसम्म प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् ।
ग्राहकहरूले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरूले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।
भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैँ यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।’
भी२७ फाइभजी दुई आकर्षक रङहरूमा – म्याजिक ब्लू र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रङहरूमा – ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरू ८+२५६ जीवी भेरियन्टमा जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरू र ईकर्मसमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण