शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा भिभो भी२७ सिरिजको प्रि–बुकिङ खुला

आइतबार, २४ वैशाख २०८०, १७ : ३६
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरू वैशाख २५ देखि ३१ गतेसम्म प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् । 

ग्राहकहरूले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरूले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैँ यस स्मार्टफोनहरूप्रति  आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।’

भी२७ फाइभजी दुई आकर्षक रङहरूमा – म्याजिक ब्लू र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रङहरूमा – ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरू ८+२५६ जीवी भेरियन्टमा जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरू र ईकर्मसमा उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप