बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी संगठनहरुले सरकारलाई खबरदारी गर्ने

बुधबार, २७ वैशाख २०८०, १२ : ०४
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । विद्यार्थी संगठनहरुले भ्रष्टाचार विरुद्धको अभियान नरोकियोस् भन्दै संयुक्त रुपमा सरकारलाई खबरदारी गर्ने भएका छन् । बिहीबार बिहान ८ बजे माइतीघर मण्डलामा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने भएका हुन् । सो प्रदर्शनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, जनमोर्चा निकट अखिल छैठौ, मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठनहरु सहभागी हुने भएका छन् । एमाले निकट अनेरास्ववियु भने प्रदर्शनमा सहभागी नहुने भएको छ ।

‘भ्रष्टाचारी नउम्कियोस्, भ्रष्टाचार विरुद्ध अभियान नरोकियोस्’ भन्ने मुल नाराका साथ प्रदर्शन गरिने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन् । ‘सरकार भ्रष्टाचारविरुद्धको लडाइमा लागेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर लैजाने प्रकरणदेखि अन्य भ्रष्टाचारीलाई हदैसम्मको कारबाही हुनुपर्छ’ सिंहले भनिन्, ‘यो वा त्यो पार्टीको भन्ने नाममा दोषीलाई छोड्न हुन्न कानुनी कठघरामा उभ्याउनुपर्छ ।’ भ्रष्टाचार र राष्ट्रघातको कुनै पार्टी नहुने भएकाले त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही हुनुपर्ने सिंहले बताइन् ।

यस्तै एकीकृत समाजवादी निकट मोर्चा संगठनले पनि भ्रष्टाचारीलाई कडा कारवाही गर्न माग गर्दै जनदबाब कार्यक्रम गर्ने भएको छ । सो संगठनले आज दिउँसो ३ बजे मातीघर मण्डलामा प्रदर्शन गर्ने भएको हो । बिहीबार दिउँसो १ बजे भने देशैभरका ७७ जिल्लामा विरोध प्रशर्दन गर्ने समाजवादी मोर्चाको तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप