नेपाल अफ्रिका फिल्म फेस्टिभल असारमा
काठमाडौँ । ‘नेपाल अफ्रिका–फिल्म फेस्टिभलको ११ औँ संस्करण अगामी असारमा आयोजना हुने भएको छ । आयोजक कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले फेष्टिभलको तयारी समेत सकिएको जनाएको छ । फेष्टिभल १ देखि ३ असारसम्म जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ ।
नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानका लागि एक दशक अघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको आयोजक कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा.मञ्जु मिश्रले बताइन् । उनले भनिन्, ‘फेष्टिभलका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको छ ।’ नेपालबाट सहभागीका लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको छ ।’
फेष्टिभलका लागि प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरु निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा.मिश्रले बताएकी छन् । फेष्टिभलका लागि विगतमा झै यसपटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिनेछ । नेपाली र अफ्रिकन फिल्म यो फेष्टिभलका प्रदर्शन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिका माथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिने छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि फेष्टिभलमा चयन भएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।
फेष्टिभलका निर्देशक डब्बु क्षत्रीकाअनुसार यो विगत झैं यसपटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यवसायिक हुन सकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिनेछ । फेष्टिभलमा चलचित्र, लघु चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराइनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताए ।
यस्तै नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण