लापसे गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा
भक्तपुर । भक्तपुरको जगातिमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढुङ्गाका २० वर्षीय पारस खड्का, बागमती प्रदेश-०२-००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकका १९ वर्षीय सुमन काफ्ले रहेका छन् ।
त्यसैगरी बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदिप खड्का, प्रदेश १-०१-०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्कालाई पनि नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातिमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले हिजो २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ७ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण