नेपाल बैंकद्वारा विद्यालय भवन हस्तान्तरण
आइतबार, ३१ वैशाख २०८०, १७ : ११
काठमाडौँ । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारामा विद्यालय भवन बनाउन सहयोग गरेको छ । बैंकको सहयोगमा परवानीपुर गाउँपालिका वडा नं. ४ स्थित चैनपुरमा निर्माण भएको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन हस्तान्तरण भएको हो ।
उक्त भवन नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी हस्तान्तरण गरे ।
उक्त समारोहमा नेपाल बैंकका मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रदीप कुमार पाठक, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण