आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकद्वारा विद्यालय भवन हस्तान्तरण

आइतबार, ३१ वैशाख २०८०, १७ : ११
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारामा विद्यालय भवन बनाउन सहयोग गरेको छ । बैंकको सहयोगमा परवानीपुर गाउँपालिका वडा नं. ४ स्थित चैनपुरमा निर्माण भएको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन हस्तान्तरण भएको हो । 

उक्त भवन नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी हस्तान्तरण गरे । 

उक्त समारोहमा नेपाल बैंकका मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रदीप कुमार पाठक, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलगायतको उपस्थिति रहेको थियो । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप