विद्यार्थी एकता दिवसमा पाँच वामपन्थी नेता एउटै मञ्चमा
काठमाडौँ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच वामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।
जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।
उनका अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् । ‘विद्यार्थीहरूमा एकताको सन्देश दिन संयुक्त कार्यक्रम गर्न लागेका छौ,’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहाँ भएपनि हामी सँगै छौ र सँगै हुनेछौ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण