यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२–०४३ प ८६५०’
काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो ।
सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा।लि।को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो ।
पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिने कम्पनीका इन्जिनियर ठाकुर पौडेलले रातोपाटीलाई जानकारी दिए । यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ ।

यस मुद्दामा रातोपाटी डटकमले निरन्तर समाचार फलो गरेको थियोे । यसलगत्तै सरकार बाध्य भएर सवारी तथा यातायात व्यवस्था नियमावली परिमार्जन गर्दै स्वदेशी उत्पादनका सवारी साधनलाई समेत नम्बर प्लेट दिन बाध्य भएको हो । यद्यपि, तत्कालका नियमावली संशोधन गरेर बाटो खोलेको सरकारले ३० वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई नै संशोधन गर्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण