शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२–०४३ प ८६५०’

सोमबार, ०१ जेठ २०८०, २२ : ०५
सोमबार, ०१ जेठ २०८०

काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । 
सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा।लि।को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो । 
पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिने कम्पनीका इन्जिनियर ठाकुर पौडेलले रातोपाटीलाई जानकारी दिए ।  यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो  । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ । 

yatri1

यस मुद्दामा रातोपाटी डटकमले निरन्तर समाचार फलो गरेको थियोे । यसलगत्तै सरकार बाध्य भएर सवारी तथा यातायात व्यवस्था नियमावली परिमार्जन गर्दै स्वदेशी उत्पादनका सवारी साधनलाई समेत नम्बर प्लेट दिन बाध्य भएको हो । यद्यपि, तत्कालका नियमावली संशोधन गरेर बाटो खोलेको सरकारले ३० वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई नै संशोधन गर्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप