बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बिस वर्ष अघि बलात्कारका मुद्दाका दोषी तनहुँबाट पक्राउ

बिहीबार, ०४ जेठ २०८०, ०९ : ४०
बिहीबार, ०४ जेठ २०८०

तनहुँ । २० वर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका हुन् । 

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार २० वर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाइएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजाएँ तोकेको थियो ।

तर, सो सजाय तोकेको भए पनि उनी भने २० वर्षदेखि फरार रहँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप