आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

आइतबार, ०७ जेठ २०८०, १२ : ०५
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्का सहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेका हुन् ।

पत्रकारको न्युनतम पारिश्रमिका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउने कुरा भएको न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरि कार्कीले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने कार्कीले बताए ।

पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया र वरिष्ठ संवाददाता, भाषा सम्पाक, र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

1234s1s2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप