सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन् ।
खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाइको व्यवस्था हुनुपर्ने उल्लेख गरिन् ।
भरतपुरमा सिँचाइको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालीन र वैकल्पिक व्यवस्थाका लागि कामहरू अगाडि बढाइएको बताइन् ।
प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले पर्याप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।
कृषिमा जति नै आधुनिकीकरण, यान्त्रीकरण गरे पनि सिँचाई अनिवार्य हुनुपर्ने औँल्याइन् ।
नारायणी लिफ्ट सिँचाइको जीर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात् १२ महिना सिँचाइको व्यवस्था हुने प्रमुख दाहालले बताइन् ।
पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई २१ सय हेक्टरमा सिँचाइको सुविधा रहेको बताइन् ।
प्रमुख दाहालले अहिले एक खेती पनि नहुने ठाउँमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन् ।
भूमिगत सिँचाई परियोजनाले भरतपुरको ९ हजार हेक्टरमा सिँचाई पुराउने लक्ष्यसहित धमाधम कामहरू भएकाले लगभग ४ वर्षभित्र सबै ठाउँमा सहज रूपमा सिँचाई उपलब्ध हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण