लिग विजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित
सोमबार, १५ जेठ २०८०, १० : ३४

लण्डन । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ । प्रियिमर लिग विजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो ।
ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो र दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन । बरु, खेलेको ८५औं मिनेटमा इथान पिननकले गोल गरिदिए । उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो ।
अन्ततः सो पछि कतैबाट गोल हुन नसके पछि बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो । ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुईपटक पराजित गरेर रेकर्ड कायम राख्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित