जोर्डनका युवराजले साउदी अरबकी आर्किटेक्टसँग आज विवाह गर्दै, को-काे छन् विशेष पाहुना ?
बिहीबार, १८ जेठ २०८०, १६ : १६
जोर्डनका युवराज हुसैनको विवाह आज अर्थात् बिहीबार हुँदै छ । उक्त विवाहमा बेलायतका राजकुमार विलियम र उनकी श्रीमती केटसमेत थुप्रै अन्तर्राष्ट्रिय हस्तीको उपस्थिति रहनेछ ।
युवराज हुसैनको साउदी अरबकी आर्किटेक्ट रजवा अलसैफसँग विवाह हुँदैन । यी दुईको विवाह जोर्डनको राजधानी अम्मानमा हुनेछ ।
यी दुईको विवाहमा अमेरिकाकी प्रथम महिला जिल बाइडेन पनि सामेल हुनेछिन् । उनीबाहेक नेदरल्याण्डका राजा र रानी पनि कार्यक्रममा उपस्थित हुनेछन् ।
युवराजको विवाह जहरान प्यालेसमा हुनेछ जसमा उनका पिता राजा अब्दुल्ला द्वितीयको पनि विवाह भएको थियो ।
जोर्डनको राज परिवारका लागि हाल निकै कठिन समय चलिरहेको छ किनभने राजा अब्दुल्ला र उनका सौतेनी भाइ राजकुमार हमजाबीचको झगडा बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण