मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आजको भ्रमण तालिका

शुक्रबार, १९ जेठ २०८०, ०६ : १९
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज  मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् । 

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप