छात्र मृत्यु प्रकरण : इलिप्स स्कुलका प्रिन्सिपलसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)का पिन्सिपल र दुईजना होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए ।
घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।
जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए । प्रहरीले अरोपीहरुविरुद्ध जिल्ला अदालतमा सोमबार म्याद लिएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
मृतका आफन्तहरुले नयाँबजार क्षेत्रमा दैनिक प्रदर्शन गरिरहेका छन् । ५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।
शुक्रबार पीडित परिवार र प्रहरीको बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएको एसपी रिजालले बताए । शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण