शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छात्र मृत्यु प्रकरण : इलिप्स स्कुलका प्रिन्सिपलसहित ३ जना पक्राउ

सोमबार, २२ जेठ २०८०, २१ : २९
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)का पिन्सिपल र दुईजना होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए ।

घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए । प्रहरीले अरोपीहरुविरुद्ध जिल्ला अदालतमा सोमबार म्याद लिएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतका आफन्तहरुले नयाँबजार क्षेत्रमा दैनिक प्रदर्शन गरिरहेका छन् । ५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार पीडित परिवार र प्रहरीको बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएको एसपी रिजालले बताए । शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप