नेपाल ग्रामीण चलचित्र महोत्सवमा दीपेन्द्र, दीया र रामराजाको मास्टर क्लास हुने
काठमाडौँ । लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र निर्देशक तथा अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले फिल्म र अभिनय विषयमा ‘मास्टर क्लास’ दिने भएका छन् । काभ्रेको भकुण्डेबेसीमा बिहीबारबाट आयोजना हुन लागेको तीन दिने दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ यी व्यक्तिले मास्टर क्लास दिने भएका हुन् ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजना हुन लागेको महोत्सव तीन दिनसम्म चल्नेछ । मास्टर क्लास ग्रामीण फिल्मको विषयमा फोकस हुने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदै छन् । आयोजकले आगामी बिहीबार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ ।
‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’, ‘निरमाया’सँगै तामाङ र गुरुङ फिल्महरू समेत महोत्सवमा प्रदर्शन हुनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुनेछ ।
स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । गत वर्ष यो महोत्सव गोरखाको लाप्राकमा आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण