१९ वर्षीय वेलिङ्घमका लागि १० करोड युरो खर्चन तयार रियल म्याड्रिड
काठमाडौं । इङ्ल्यान्डका १९ वर्षीय युवा मिडफिल्डर हुन्, जुड वेलिङ्घम । सानै उमेरमा उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पनि बनिसकेका छन् । हाल उनी जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ब्यवसायीक फुटबल खेल्छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडले यी किशोर खेलाडीमाथि लामो समयदेखि आँखा लगाउँदै आएको थियो । अहिले आएर रियल म्याड्रिड वेलिङ्घमका लागि एक सय तीन मिलियन युरो अर्थात १० करोड ३० लाख युरो खर्चन तयार भएको छ ।
वेलिङ्घम पनि स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुन सहमत भएका छन् । रियल म्याड्रिडले बेलिङ्घमलाई भित्राउन जर्मन क्लबसँग वार्ता गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रियल म्याड्रिडमा आबद्ध हुने प्रक्रिया पूरा गर्न केही दिनमै बेलिङ्घमको स्वास्थ्य परीक्षण गरिने पनि समाचारमा जनाइएको छ । विश्व फुटबलका यी उदियमान खेलाडी सन् २०२० मा बिर्मिङ्घम सिटीबाट डर्टमण्डमा आबद्ध भएका थिए ।
उनी १९ वर्षको उमेरमै क्लबको कप्तानी गर्दै सबैभन्दा कान्छो कप्तानसमेत बनेका थिए । बेलिङ्घमले यो सिजन डर्टमन्डका लागि ४२ खेल खेल्दै १४ गोल गरेका छन् । उनले सातवटा गोलका लागि पास पनि उपलब्ध गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण