शोभित, निश्चल र माल्भिकाले अभिनयको उत्कृष्ट प्रतिभा छान्ने
काठमाडौं – चलचित्र क्षेत्रमा प्रतिभावान नयाँ कलाकार भित्र्याउने उदेश्यले अभिनय सम्बन्धि नयाँ रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना हुने भएको छ । मेगा इन्टरटेनमेन्टले राजधानीमा इक कार्यक्रमको आयोजना सहित प्रतियोगीताको जानकारी दिएको हो ।
अभिनयको प्रतिभा चयन गर्ने अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतियोगीताको रुपमा यसलाई आयोजना गर्न लागिएको आयोजकाले जनाएको छ ।
नेपालमा धेरै प्रतिभावान कलाकार भएको र उनीहरुले चलचित्रमा आउन अबसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउँन यो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताको निर्देशक प्रवेश सम्राट बरालले बताए । बरालका अनुसार ‘नेपाल्स मेघा सिनेस्टार’को अडिसन आउँदो २८ चैतबाट सुरु हुनेछ । यसको अडिसन काठमाडौँसँगै चितवन, पोखरा, बुटवल, नेपालगन्ज, बिरगंज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने भएको छ ।
कार्यक्रमबारे निर्माण प्रमुख समील लामाले कार्यक्रमलाई अहिलेसम्मकै उत्कृष्ट बनाउने दाबी गरे । उनका अनुसर नेपालको कुनै चर्चित च्यानलबाट यो कार्यक्रम आगामी असारको पहिलो सातादेखि प्रसारण सुरु हुनेछ । रयालिटी शो मा बिजेता हुने एक जनाले एक करोड
२० लाख नगद सहित एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार प्राप्त गर्नेछ । लामाका अनुसार कार्यक्रमका इभेन्ट प्रमुख मन्दिप कोईराला र अर्थ व्यबस्थापक सूर्य बहादुर थापा छन् । आफ्नो टिमले उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने पनि उनले बताए ।
‘नेपाल्स मेघा सिनेस्टार’ मा तीन चलचित्रकर्मी निर्णायक छन् । जसमा सोभित बस्नेत, निश्चल बस्नेत र माल्भिका सुब्बा रहेका छन् । यो रियालिटी शोमा आफुहरुले उचित निर्णय गरेर उत्कृष्ट प्रतिभा नेपाली चलचित्रक्षेत्रका लागि ल्याउने प्रतिबद्धता यी निर्णायकले गरे ।
कार्यक्रममा अग्रज चलचित्र निर्देशक यादब खरेलले ‘नेपाल्स मेघा सिनेस्टार’को सफलताको कामना गर्दै गरे । यसले छरिएर रहेका राम्रो प्रतिभा अभिनय क्षेत्रमा ल्याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण