संसद्को भित्ते चित्रलाई राजनीतिक विषय बनाइनुहुँदैन : भारतीय विदेशमन्त्री
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते चित्रलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीबार मोदी सरकारको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
सो चित्रबारे नेपाललगायत छिमेकी राष्ट्रहरूले आपत्ति जनाएको प्रति पत्रकारहरूले गरेको प्रश्नमा मन्त्री जयशंकरले भने, ‘यसबारे हाम्रो प्रवक्ताले यसअघि पनि स्पष्टीकरण दिइसक्नुभएको छ । भित्ते चित्रको तल पट्टी साइनबोर्डमा हेर्नुभयो भने अशोक साम्राज्य र उनले अवलम्बन गरेको जनताकेन्द्रित शासनको व्याख्या गरिएको छ । यसलाई राजनीतिक विषय बनाउनुहुन्छ भन्ने मलाई लाग्दैन । हाम्रा मित्र राष्ट्रहरूले यसलाई बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ । यदि उहाँहरूले केही स्पष्टीकरण खोज्नुभएको छ भने त्यसमा केही ठुलो कुरा छैन ।’
नेपाललगायत छिमेकी राष्ट्रहरूले भारतको सो नक्साप्रति विरोध जनाएका छन् । नेपालमा सो चित्रबारे विरोध प्रदर्शनहरू समेत भएका छन् । भारतले भने सो नक्सा राजनीतिक नभएर सांस्कृतिक रूपमा बुझिदिन आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण