बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसद्को भित्ते चित्रलाई राजनीतिक विषय बनाइनुहुँदैन : भारतीय विदेशमन्त्री

बिहीबार, २५ जेठ २०८०, २० : ५०
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते चित्रलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीबार मोदी सरकारको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सो चित्रबारे नेपाललगायत छिमेकी राष्ट्रहरूले आपत्ति जनाएको प्रति पत्रकारहरूले गरेको प्रश्नमा मन्त्री जयशंकरले भने, ‘यसबारे हाम्रो प्रवक्ताले यसअघि पनि स्पष्टीकरण दिइसक्नुभएको छ । भित्ते चित्रको तल पट्टी साइनबोर्डमा हेर्नुभयो भने अशोक साम्राज्य र उनले अवलम्बन गरेको जनताकेन्द्रित शासनको व्याख्या गरिएको छ । यसलाई राजनीतिक विषय बनाउनुहुन्छ भन्ने मलाई लाग्दैन । हाम्रा मित्र राष्ट्रहरूले यसलाई बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ । यदि उहाँहरूले केही स्पष्टीकरण खोज्नुभएको छ भने त्यसमा केही ठुलो कुरा छैन ।’

नेपाललगायत छिमेकी राष्ट्रहरूले भारतको सो नक्साप्रति विरोध जनाएका छन् । नेपालमा सो चित्रबारे विरोध प्रदर्शनहरू समेत भएका छन् । भारतले भने सो नक्सा राजनीतिक नभएर सांस्कृतिक रूपमा बुझिदिन आग्रह गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप