नक्कली शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीपको तर्फबाट बहस सुरु
आइतबार, २८ जेठ २०८०, ११ : २८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आइतबार भने सन्दीपको तर्फबाट भट्टराईले बहस सुरु गरेका हुन् ।
सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको छ ।
यो प्रकरणमा प्रहरीले टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएको छ । जसमा १८ जना पक्राउ पर्दा १२ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्