नक्कली शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीपको तर्फबाट बहस सुरु
आइतबार, २८ जेठ २०८०, ११ : २८
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आइतबार भने सन्दीपको तर्फबाट भट्टराईले बहस सुरु गरेका हुन् ।
सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको छ ।
यो प्रकरणमा प्रहरीले टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएको छ । जसमा १८ जना पक्राउ पर्दा १२ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण