असारबाट मण्डलामा एकसाथ दुई नाटक मञ्चन हुने
काठमाडौँ । थापागाउँस्थित मण्डला थियटरमा आगामी असारको पहिलो सातादेखि एकैपटक दुई नाटक मञ्चन हुने भएको छ । असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ मञ्चन हुने भएको छ । दुई नाटक एकै समय मण्डलाको सानोर ठुलो हलमा गरेर एकसाथ मञ्चन हुन लागेको हो ।
मण्डला थिएटर नेपालले नियमित रूपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक ‘कोराघाट’ लाई वरिष्ठ रङ्गकर्मी तथा फिल्म अभिनेता कमलमणि नेपालको निर्देशन रहेको छ । कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’ मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ । तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले सिकेका कुरालाई मञ्चमा देखाउने अवसरका रूपमा कोराघाटको मञ्चन गर्न लागिएको हो ।

त्यसैगरी, मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘हिउँभन्दा चिसो’ लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ । हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक हिउँभन्दा चिसोमार्फत पुराना रङ्गकर्मी तथा फिल्म कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइनेछ । बलिउड फिल्म बर्फीमा रणवीर कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली फिल्ममा काम गरेता पनि ६ वर्षअघि विमल सुवेदीद्वारा निर्देशित हेम्लेटपछि कुनै नाटकमा अभिनय गरेका छैनन् ।
लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको सापकोटाले बताए । नाटक हिउँभन्दा चिसोमा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ । नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन् । खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकहरूलाई मण्डला थिएटरले देखाइसकेको छ । करिब १ घण्टा ३० मिनेट लामो नाटक मण्डलाको प्रेक्षालयमा श्रावण १४ गतेसम्म हरेक साँझ पौने ६ बजे मञ्चन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण