बग्गीमा चढेर राष्ट्रपति कार्यालय पुगे दुई राजदूत
सोमबार, २९ जेठ २०८०, १५ : ५२

काठमाडौँ । नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत बग्गीमा चढेर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राजदूतद्धय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न लाजिम्पाटस्थित होटेल रेडिसनबाट शीतल निवाससम्म बग्गीमा चढेर पुगेका हुन् ।
सोमबार शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हुसेन हास्मी र पार्क तेयोङले राष्ट्रपतिसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । समारोहमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाल सरकारका उच्च पदाधिकारीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी
-
अमेरिकामा घरमाथि प्लेन खस्यो
-
आतंकवादी हमलाको योजना बनाएको आरोपमा बेलायतमा ८ जना पक्राउ
-
लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्यो : सांसद सिंह
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो