प्राश्ना बनिन् एसईई प्रिन्सेस २०२३
काठमाडौँ । ‘नामी कलेज एसईई प्रिन्सेस २०२३’ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् । विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले विधागत अवार्ड तर्फ मष्ट ट्यालेन्ट समेत जितेकी छन् ।
सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअप अदिति शर्मा भइन् । उनले विधागत तर्फ पर्सनालिटी अवार्ड पनि जितिन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् । उनले विधागत तर्फ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन् । थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् । कृतिकाले भोटिङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् ।
फोर्थ रनरअपको ताज प्रतिस्ना कार्की जित्न सफल भइन् भने उनले विधागत तर्फ क्रिएटिभ अवार्ड हात पारिन् । त्यसैगरी अन्य विधा तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रशंसा लिम्बु, अनेष्ट आर्सी महर्जन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेष्डसिप एन्जल महर्जन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का, कन्फिडेन्ट अश्लेसा सिटौलाले जिते । विजेताले नगद सहित विभिन्न अध्ययन अवसर उपहारको रूपमा प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण