शमशेर मियाँका वकिलको तर्क– कोरोना महामारीमा मानवीय हिसाबले जिप दिएका हुन्
काठमाडौं । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले गृह मन्त्रालयको जिप प्रयोग गरेको भेटियो । गृह मन्त्रालयकै गाडी गिरोहले प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेपछि प्रहरीले गृह मन्त्रालयको स्वामित्वमा भएको बी.ए.बी–१४०५ नम्बरको निशान जिप नियन्त्रणमा लियो ।
नेपाल हज समितिको स्वामित्वमा रहेको सो जिप उपलब्ध गराएको आरोपमा प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियाँलाई समेत नियन्त्रणमा लियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।
बुधबार मियाँको तर्फबाट ३ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । अधिवक्ता ऋषिराम घिमिरेले कोरोनाको महामारीमा बिरामी बोक्ने प्रयोजनका लागि सो जिप दिएको जिकिर गर्दै भने, ‘मेरो पक्षले मानवीय हिसाबले सो जिप दिएका हुन्, कसुर गर्न दिएका हैनन् ।’
मियाँले आरोपित सन्देश शर्मालाई जिप दिएको अनुसन्धानबाट थाहा भएको छ । अर्की अधिवक्ता मन्दिरा अधिकारीले पनि मानवीय समवेदनाको हिसाबले गाडी उपलब्ध गराएको बताइन् । शमशेर मियाँ आफैँ गाडी चलाउन सक्ने उल्लेख गर्दै अधिकारीले भनिन्, ‘कसुर गर्नका लागि गाडी पठाउने भए आफैँ लिएर जान्थे होलान्, मानवीय हिसाबले चालकको जिम्मामा पठाएका छन् ।’
अभियोग पत्रमा कुन मितिमा गाडी दिएको भन्ने पनि यकिन नभएको उल्लेख गर्दै मियाँलाई साधारण तारेखमा छाड्न उनका कानुन व्यवसायीले इजलासमा आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण