टेकनाथका वकिलको बहसः अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा चिया ब्रेकअघि रिजालतर्फका ७ जना वकिलले बहस गर्दै उनीमाथि लागेका कुनै पनि अभियोग पुष्टि नहुने जिकिर गरे ।
अर्का प्रतिवादीबाट रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने रिजालको वकिलहरुको जिकिर थियो ।
रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र प्रकाश बस्नेतलले बहस गरेका छन् । चिया ब्रेक पछि थप केही अधिवक्ताले बहस गर्ने बताइएको छ ।
बहसका क्रममा सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नभरहेको जिकिर गरे । शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभई यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर गरे ।
उनले अपराधीलाई भेट्दैमा केही अपराधी हुन नसक्ने उनको भनाइ थियो । उनी निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरुको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण