सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा आदेश आउनुअघि अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइयो

शुक्रबार, ०१ असार २०८०, १७ : २२
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले थुनछेक आदेश दिने भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

शुक्रबार अदालतमा सम्पूर्ण थुसनछेक बहस सकिएसँगै न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आदेश जारी गर्न लागेका हुन् । 

सो प्रकरणमा  ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो ।  शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका थिए । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् । 

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आउन लागेको हो ।

bhutanebhutane1bhutane2bhutane3bhutane4bhutane5bhutane6bhutane7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप