सांसद सुनिल शर्मा बने ओशो सन्यासी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौँको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।
बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।
सन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।
सांसद शर्माद्वारा आश्रमलाई ५० लाख सहयोग
शर्माले काठमाडौँको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशि सहयोग गरेका हुन् ।
सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो सन्यासी पनि बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । सामाजिक काममा सक्रिय डा.शर्माले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण