आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

सोमबार, ०४ असार २०८०, १६ : ५७
सोमबार, ०४ असार २०८०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । 

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् । 

समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । 

यस्तै मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ । 

सहमतिपत्र हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप