शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ
सोमबार, ११ असार २०८०, १७ : ५०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् ।
बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । बुढाथोकी फरार मध्येका हुन् । शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् ।
फरार १२ जना मध्येका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको एसएसपी कार्कीले जानकारी दिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण