शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ
सोमबार, ११ असार २०८०, १७ : ५०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् ।
बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । बुढाथोकी फरार मध्येका हुन् । शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् ।
फरार १२ जना मध्येका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको एसएसपी कार्कीले जानकारी दिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ