इन्धनको मूल्य घटेसँगै तेस्रोपटक हवाई भाडा समायोजन गर्ने तयारी
सोमबार, १८ असार २०८०, २२ : ०८
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गर्ने तयारी गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल मट्टीतेलसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले भाडा समायोजन गर्ने तयारी गरेको हो । भोलिदेखि नै निगमको महासाखाको बैठक बसी आन्तरिकतर्फको भाडा घटाउने निर्णय गर्ने प्राधिकरणले जनाएको छ ।
‘शुभ समाचार सधैं राम्रो हुन्छ, हवाई भाडामा ऐतिहासिक कटौती, निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु.१४ र अन्तर्राष्ट्रियका लागि रु.१५ ले घटाएपछि भोलिदेखि महाशाखाको निर्णयसँगै सबै घरेलु क्षेत्रको हवाई भाडा ऐतिहासिक रूपमा तेस्रो पटक घटाइने भएको छ’ प्राधिकरणले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण